काठमाडौँ । राजवादी समूहको बैठकमा होहल्ला भएको छ ।काठमाडौँको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा संयुक्त जनआन्दोलन समितिले बोलाएको राजावादी समूहका ४४ दल, समूह र अभियानका प्रतिनिधिको बैठकमा विवाद भएको हो ।
बैठकमा सहभागी एक नेताका अनुसार राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन बैठकमा अनुपस्थित भएपछि सहभागीले प्रश्न उठाएका थिए । लिङदेनले कार्य व्यस्तताको कारण देखाउँदै बैठकमा सहभागी हुन नसक्ने जानकारी गराएको बताइएको छ ।
बैठकमा होहल्ला हुन थालेपछि समितिका संयोजक नवराज सुवेदीले सम्झाउने प्रयास गरे पनि नरोकिएपछि आन्दोलनका कार्यक्रम पछि जानकारी गराउने भन्दै बैठक स्थगित गरेका थिए ।
प्रतिक्रिया