काठमाडौँ । नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले सरकारले राजनीतिक प्रतिशोध साधेर अध्यक्ष माधव कुमार नेपालविरुद्ध मुद्दा दायर गरिएको आरोप लगाएका छन् ।
अख्तियारले नेपालविरुद्ध पतञ्जलिको जग्गा प्रकरणमा बिहीबार विशेष अदालत मुद्दा दायर गरेको विषयमा प्रतिक्रिया दिँदै पाण्डेले राजनीतिक प्रतिशोधका कारण मुद्दा दायर गरेको आरोप लगाएका छन् ।
पाण्डेले अध्यक्ष नेपालको यस प्रकरणमा भ्रष्टाचारजन्य काम भएको आफूलाई नलागेको बताउँदै भने- 'यति बेला यो घटना जन्मिनु, आउँदो जेठ २८ गते संवैधानिक आयोगका प्रमुखहरू बारे निर्णय आउँदै गर्नु र यही छोटो अवधिमा के के गर्नु पर्ने हो, सबै गर्न खोजे जस्तो देखिँदै छ । मलाई राजनीतिक प्रतिशोध हो भन्ने लाग्छ ।' पाण्डेले नीतिगत निर्णयमा मुद्दा दायर गरिएको भन्दै यसले अब संसद्मा रहेका धेरै नेताहरूले बिदा पाउने देखियो ।
प्रतिक्रिया