जबरजस्ती करणी गरेको अभियोगमा बाँके र रसुवाबाट एक एक जना पक्राउ

विहीबार, २२ जेठ २०८२

बाँके : १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा जानकी गाउँपालिका-६ कोठापुर बस्ने २५ वर्षीय चिराग खानलाई बुधवार राति प्रहरीले पक्राउ गरेको छ । 

चिरागले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।रसुवा, १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा आमाछोदिङमो गाउँपालिका-५ तातोपानी बस्ने २४ वर्षीय फुर्पु नाम्घेल तामाङ र २२ वर्षीय दावा नुर्पु तामाङ रहेका छन् । उनीहरूले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी थाम्बुचेबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार