अपहरणमा परेका दुई इजरायली बन्धकहरूको शव गाँजाबाट बरामद

विहीबार, २२ जेठ २०८२

काठमाडौँ । इजरायली सेनाले गाँजाबाट दुई अमेरिकी मूलका इजरायली बन्धकहरूको शव बरामद गरेको बताएको छ ।

७ अक्टोबर २०२३ मा दक्षिणी इजरायलमा आक्रमणको क्रममा हमासले उनीहरू दुवैलाई बन्धक बनाएको थियो ।इजरायलले हमासको अपहरणमा परेकी ७० वर्षीया जुडी वाइनस्टाइन हाग्गाई, जो एक क्यानेडियन नागरिक पनि थिइन् र उनका पति ७२ वर्षीय गादी हाग्गाईलाई किबुट्ज निर ओजमा भएको आक्रमणमा मुजाहिद्दीन ब्रिगेड समूहका बन्दुकधारीहरूले मारेका थिए ।

उनीहरूको शव गाँजाको दक्षिणी खान युनिस क्षेत्रबाट बरामद गरिएको थियो र फोरेन्सिक पहिचानको लागि इजरायल फिर्ता ल्याइएको थियो ।गाँजामा अझै पनि ५६ जना हमासले बन्धक बनाएका छन्, जसमध्ये कम्तीमा २० जना जीवित रहेको अनुमान गरिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार