काठमाडौँ : चीनको तीव्र प्रतिस्पर्धात्मक न्यू इनर्जी भेइकल (NEV) बजारमा इलेक्ट्रिक सवारी ब्रान्ड लिपमोटर तेस्रो स्थानमा उक्लिएको छ।
कम्पनीले २०२५ को मे महिनामा मात्रै ४५ हजार ०६७ युनिट गाडी बिक्री गरेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा १४८.१ प्रतिशतले बढी हो।
सन् २०२५ को पहिलो पाँच महिनामा लिपमोटरले जम्मा १ लाख ७३ हजार ६५८ युनिट सवारीसाधन बिक्री गरिसकेको छ। यो सङ्ख्या गत वर्षको तुलनामा १६०.८ प्रतिशतको वृद्धि हो।
यस्तो उल्लेखनीय वृद्धिले लिपमोटरलाई चीनको प्रमुख इलेक्ट्रिक गाडी उत्पादकको रूपमा स्थापित गराएको कम्पनीको भनाइ छ।
कम्पनीका अनुसार यसको प्रमुख मोडल सी११ उपभोक्ताबिच नवप्रवर्तन, सुरक्षा र मूल्यको सन्तुलनका कारण लोकप्रिय बन्न सफल भएको छ।
चीनमा उल्लेखनीय सफलता पाएसँगै लिपमोटरको अन्तर्राष्ट्रिय बजारमा प्रभावशाली उपस्थिति देखिन थालेको छ।
नेपालमा पनि लिपमोटरको आधिकारिक वितरक साङ्ग्रिला मोटर्स प्रा.लि.मार्फत यसको बिस्तार भइरहेको छ।
वातावरणमैत्री, प्रविधिसम्मत र किफायती यातायात समाधान खोजिरहेका नेपाली ग्राहकका लागि लिपमोटरले विश्वासिलो विकल्पको रूपमा आफ्नो स्थान बनाइरहेको छ।
प्रतिक्रिया