रोकिराखेको ट्याक्टरलाई ठक्कर दिँदा मोरङको सुनवर्षीमा मोटरसाइकल चालक पौँदारको मृत्यु

विहीबार, २२ जेठ २०८२

मोरङ: मोरङको सुनवर्षी नगरपालिका–९ मलढैयास्थित झपडतल–डाइनिया हुलाकी सडक खण्डमा बिहीबार साँझ भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ।

झपडतलबाट डाइनियातर्फ जाँदै गरेको मे.७प. १०२९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बाटो छेउमा बिग्रिएर रोकिएको को.१त. ११०५ नम्बरको ट्याक्टरको पछाडि ठोक्किँदा मोटरसाइकल चालक भारतका नवीन कुमार पौँदार गम्भीर घाइते भएका थिए। 

उनलाई उपचारका लागि तत्काल रङ्गेली अस्पताल ल्याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेका छन्।

उक्त मोटरसाइकलमा पछाडि सवार भारतको अररिया जिल्ला आँपगाछी पञ्चायत–७ कोहारा निवासी पप्पु कुमार बहरदार ९उमेर करिब १९ वर्ष० को दुवै हातमा चोट लागेको छ।

उनको रङ्गेली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार