निर्माण पुरा नहुँदै भत्कियो तामाकोशीको पुल

आइतबार, ०८ असार २०८२

रामेछाप । रामेछापको मन्थली नगरपालिका–६ को कुनाउरीबाट वडा नं ७ भटौली ठेडिखोला जोड्ने गरी तामाकोशी नदीमाथि निर्माण भइरहेको पक्की पुल सम्पन्न नहुँदै भत्किएको छ ।

आइतबार बिहान पुलको निर्माणाधीन एउटा स्पानको स्ल्याव पुरै खसेको छ । स्ल्याव यसअघि गत बैशाख २६ गते क्रयाक भएको थियो ।  त्यसपछि निर्माण कम्पनीले सो भागलाई टाल्ने काम गरिहरेको अवस्थामा आइतबार बिहान स्ल्याब पुरै भाँचिएर भुईँमा झरेको स्थानीय पाण्डव प्रसाईँले बताए । 

‘पहिले भाँचिएको पुललाई प्राविधिक र निर्माणका कम्पनीको मिलेमतोमा टालटुल पारेर जिम्मामा लगाउने प्रयास भइरहेको थियो, तर अडिएन आज बिहान पुलको बिचको एक कौल स्ल्याब पुरै भाँचिएर झ¥यो’ उनले भने।

सडक विभागको पुल शाखाबाट आर्थिक वर्ष २०७८÷७९ सो पुल ठेक्का लगाइएको  थियो । सो पुल ‘डिजाइन एण्ड विल्ड’ मोडलमा निर्माण भएको हो ।

पुलको निर्माण जिम्मा कालिका–कल्पवृक्ष जेभीले पाएको थियो । पुलको कुल २ सय ३० मिटर लम्बाइ र ११ मिटर चौडाइको छ । पुल कर बाहेक २२ करोड ५५ लाख ४० हजार रुपैयाँमा निर्माण गर्ने ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनिले हालसम्म प्रतिशत भुक्तानी भइसकेको छ।

सो पुल निर्माणको म्याद २०८२ साल भदौ मसान्तसम्म भए पनि निर्माण कम्पनीले यसै असारभित्र काम सकेर जिम्मा लगाउने तयारी गरेको थियो । तर पुलको निर्माण नसक्दै भत्किएको छ ।

यो पुल मन्थली नगरपालिका–६ र ७ लाई सिधा जोड्न तथा मन्थलीबाट खाँडादेवी, दोरम्बा शैलुङ, सुनपाति गाउँपालिका जान छोटो दुरीको सडक हुने गरी निर्माण गरिएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार