सुनचाँदीको मूल्य बढ्यो

शुक्रबार, ०६ भदौ २०८२

काठमाडौँ । नेपाली बजारमा शुक्रवार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार एक लाख ९४ हजार आठ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँ बढेर २३ सय १० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार