स्टडी अब्रोड बुट क्याम्प ८.० : एकै थलोबाट पाँच देशका अध्ययन विकल्पबारे जानकारी

आइतबार, ०८ असार २०८२

काठमाडौं । बागबजारस्थित इन्लाइटन इन्टरनेशनल एजुकेसनले विदेशमा उच्च शिक्षा हासिल गर्न इच्छुक विद्यार्थीहरूका लागि ‘स्टडी अब्रोड बुट क्याम्प ८.०’ आयोजना गरेको छ ।

शुक्रबार बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म चलेको यो एकदिने ‘वन–स्टप’ कार्यक्रमले अमेरिका, बेलायत, अष्ट्रेलिया, न्युजिल्याण्ड र क्यानडा जस्ता शैक्षिक गन्तव्यहरूमा अध्ययनका अवसरहरूबारे मार्गदर्शन प्रदान गरेको थियो ।
यो बुट क्याम्प २०२५ को शैक्षिक सत्रका लागि आवेदन गर्ने योजनामा रहेका विद्यार्थीहरूका लागि विशेष रूपमा डिजाइन गरिएको हो ।

कार्यक्रमले विश्वविद्यालय छनोट, छात्रवृत्ति, आर्थिक कागजात तयारी, भिसा प्रक्रिया र आवश्यक टेस्ट प्रिपरेसन (आईईएलटीएस, पीटीई, टोफेल, डुओलिंगो, स्याट) बारे विशेषज्ञ परामर्श प्रदान गरेको थियो । २० भन्दा बढी अनुभवी कन्सल्ट्यान्टहरूले सहभागीहरूलाई व्यक्तिगत मार्गदर्शन दिँदै उनीहरूको शैक्षिक सपनालाई वास्तविकतामा बदल्ने बाटो देखाएका थिए ।

डेढ दशकभन्दा लामो समयदेखि इन्लाइटनले विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई परामर्श र सहजीकरण प्रदान गर्दै आएको छ । सहज भिसा प्रक्रिया, विश्वसनीय परामर्श र विद्यार्थीमैत्री सेवाका कारण इन्लाइटन विद्यार्थी र अभिभावकमाझ निकै लोकप्रिय छ । यो संस्थाले शैक्षिक परामर्श क्षेत्रमा आफ्नो विशिष्ट पहिचान बनाएको छ ।

इन्लाइटन इन्टरनेशनल एजुकेसनका कार्यकारी निर्देशक सिता भट्टराईले ‘स्टडी अब्रोड बुट क्याम्प ८.०’ जस्ता कार्यक्रम आयोजना गर्नुको पछाडि विद्यार्थीहरुले फष्ट ह्याण्ड इन्फरमेसन पाउन भन्ने नै उद्देश्य रहेको बताइन् । यस्तै, उनले जुन देशको भिषा लाग्छ त्यहि देशमा जान्छु भन्दा पनि घरपरिवारको आर्थिक अवस्था, विद्यार्थीका लागि सही गन्तव्य र पढ्न खोजेको विषय, विश्वविद्यालयका बारेमा सम्पूर्ण जानकारी दिनु नै इन्लाइटनको प्रमुख उद्देश्य रहेको बताइन् ।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले आईईएलटीएस, पीटीई, टोफेल, डुओलिंगो र स्याट जस्ता टेस्ट प्रिपरेसन कोर्षमा ३० प्रतिशतसम्म छुट प्राप्त गर्नुका साथै, गिफ्ट ह्याम्पर, मुभी टिकट र रिचार्ज कार्ड जस्ता पुरस्कारहरूले सहभागीहरूको उत्साह थप बढेको थियो । इन्लाइटनले भविष्यमा पनि यस्ता अवसरमूलक कार्यक्रमहरू आयोजना गर्ने प्रतिबद्धता जनाएको छ ।

यसैगरी अनुभवी कन्सल्ट्यान्टहरूले इन्लाइटनमा उपस्थित भएर विद्यार्थीहरुलाई मार्ग निर्देशन गर्न पाउनुमा गर्व महसुस गरेको बताए । उनीहरुले इन्लाइटनको आतिथ्यता र आत्मियताको ऋणी बनेको बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार