गार्डियन माइक्रो लाइफमा दुई वर्षमै ७ करोड ७६ लाखको दाबी भुक्तानी

आइतबार, २२ असार २०८२

काठमाडौं । नेपालकै पहिलो लघु जीवन बीमा कम्पनी गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो तेस्रो वार्षिकोत्सव मनाउँदै दुई वर्षको व्यवसायिक कार्यकाल सफलतापूर्वक सम्पन्न गरेको छ। कम्पनीले यस अवसरमा आफूप्रति विश्वास र सद्भाव प्रकट गर्ने सम्पूर्ण बीमित ग्राहकहरू, बीमा प्राधिकरण, लगानीकर्ता, सञ्चालक, अभिकर्ता, कर्मचारी, पत्रकार, सरकारी निकाय तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीका अनुसार गार्डियन नेपालकै पहिलो पूर्ण डिजिटल (पेपरलेस) प्रणालीमा आधारित लघु बीमा कम्पनी हो, जसले सुरुदेखि नै प्रविधि अनुकूल सेवा प्रदान गर्दै आएको छ। उनले कम्पनीले बीमा पहुँच अभिवृद्धि तथा गरिबी न्यूनीकरणमा योगदान पुर्‍याउने स्पष्ट लक्ष्यसहित आफ्नो सेवा विस्तार गरिरहेको बताए।

स्थापनाको २३ महिनासम्ममा कम्पनीले जम्मा ४५ करोड ६० लाख बराबरको बीमा शुल्क संकलन गरेको छ भने ९० करोड ४६ लाख बराबरको रकम विभिन्न लगानीमा परिचालन गरेको छ। यस अवधिमा कम्पनीले कुल ८६४ बीमित ग्राहकहरूलाई गरी ७ करोड ७६ लाखको दाबी रकम भुक्तानी गरिसकेको छ, जसमा शतप्रतिशत दाबी भुक्तानी भएको बताइएको छ। हाल कम्पनीको शाखा संख्या २६ पुगेको छ, जसमा केन्द्रीय कार्यालय समेत समावेश छन्, र कर्मचारी संख्या ६२ रहेको छ।

कम्पनीले आगामी दिनहरूमा ग्राहक सेवा अझ सरल, प्रभावकारी र गुणस्तरीय बनाउँदै देशभर बीमा पहुँच विस्तारमा टेवा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ। यसै सन्दर्भमा प्रमुख कार्यकारी अधिकृत भण्डारीले सबै सरोकारवालासँग निरन्तर सहयोग र सहकार्यको अपेक्षा पनि व्यक्त गरेका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार