जनकपुरका मेयरका काकाको चक्कु प्रहार गरेर हत्या गर्ने व्यक्ति पक्राउ

बुधबार, २५ असार २०८२

जनकपुर । गत बुधवार जनकपुरधाममा ६५ वर्षीय वासुदेव प्रसाद साहलाई चक्कु प्रहार गरी हत्या गरेको आरोपमा उनकै ज्वाँई ५५ वर्षीय बेचन महासेठ पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाले बुधवार पत्रकार सम्मेलनमार्फत महासेठलाई सार्वजनिक गरेको हो ।

महासेठ मङ्गलवार (हिजो) धनुषाको जनकनन्दनी गाउँपालिका वडा नं. ४ स्थित खजुरी रेल्वे स्टेसनबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।

प्रारम्भिक अनुसन्धान अनुसार पारिवारिक रिसिवीका कारण महासेठले आफ्ना ससुराको भुँडी (पेट) लगायत शरीरका अन्य भागहरूमा ४÷५ पटक चक्कु प्रहार गरी फरार भएका थिए । घटनामा प्रयोग भएको चक्कुसमेत धनुषा प्रहरीले बरामद गरेको छ ।

घटना सम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । मृतक साह जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहका नातामा काका पर्थे ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार