इलामका एक सय ४६ परिवारलाई प्रधानमन्त्रीको हातबाट लालपुर्जा

शनिबार, २८ असार २०८२

इलाम : माई नगरपालिकामा १ सय ४६  घरपरिवारलाई लालपुर्जा वितरण गरिएको छ । भूमि आयोगद्वारा लालपुर्जा माई नगरपालिकाका भूमिहीन परिवारलाई प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट वितरण गरिएको हो ।

लामो समयदेखि काम थालिएको भए पनि विभिन्न प्रक्रिया पूरा भएपछि जग्गा वितरण गरिएको हो । जग्गाको धनीपुर्जा पाएपछि उनीहरू खुसी भएका छन् । जग्गाविहीनहरूले अब मात्र आफूहरू बस्दै आएको जग्गा आफ्नो नाममा भएको भन्दै खुसी जनाएका छन् ।

माई नगरपालिका इलाममा सबैभन्दा धेरै लालपुर्जा विहीन नागरिक बसोबास गरेको क्षेत्र हो । भूमि समस्या समाधान आयोगका अध्यक्ष प्रकाश अधिकारीका अनुसार  भूमिहीनलाई लालपुर्जा वितरणको काम निरन्तर चल्नेछ । यस अघि जिल्लाको चुलाचुली र माङ्सेबुङमा जग्गा धनी प्रमाण पुर्जा वितरण गरिएको थियो ।

यो पनि 

प्रधानमन्त्रीद्वारा झापाका २ सय भूमिहीन सुकुमबासीलाई जग्गाधनी पुर्जा वितरण

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार