सुन–चाँदीको मूल्य वृद्धि, छापावाल सुन तोलामा १ लाख ९३ हजार नाघ्यो

सोमबार, ३० असार २०८२

काठमाडौं :नेपाली बजारमा सोमबार सुन र चाँदी दुबैको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेर १ लाख ९३ हजार ३०० रुपैयाँ पुगेको छ।

यसअघि आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९२ हजार ९०० रुपैयाँ थियो।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आइतबार प्रतितोला २ हजार २८५ रुपैयाँ रहेको चाँदीको मूल्य सोमबार ३० रुपैयाँले बढेर २ हजार ३१५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार