बिराटनगर किंग्स र हायात सेन्ट्रिक सोल्टीमोडको सहकार्य पुनः नयाँ उचाइमा

बुधबार, ३२ असार २०८२

बिराटनगर : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कोशी प्रदेशको प्रतिनिधित्व गर्ने क्रिकेट फ्रेन्चाइज बिराटनगर किंग्सले यो सिजनका लागि राजधानीको प्रतिष्ठित होटल हायात सेन्ट्रिक सोल्टीमोड काठमाडौँ लाई पुनःआफ्नो आधिकारिक हस्पिटालिटी पार्टनर को रूपमा घोषणा गरेको छ।

गत वर्षको सफल सहकार्यको निरन्तरताका रूपमा गरिएको यो साझेदारीले खेल र आतिथ्य क्षेत्रको उत्कृष्ट संयोजनलाई पुनः एकपटक सँगै ल्याएको छ।

हायात सेन्ट्रिक सोल्टीमोड काठमाडौँले आफ्नो विश्वस्तरीय सेवा, स्थानीय संस्कृति झल्काउने वातावरण र प्रिमियम सुविधाहरू मार्फत टिमका खेलाडी, अफिसियल तथा पाहुनाहरूलाई सिजनभर विशेष आतिथ्यता प्रदान गर्नेछ।

बिराटनगर किंग्सका व्यवस्थापनले सहकार्यप्रति खुसी व्यक्त गर्दै भनेका छन्,“हामी हायात सेन्ट्रिक सोल्टीमोडसँग पुनः सहकार्य गर्न पाउँदा अत्यन्त उत्साहित छौँ।

गत सिजनमा उहाँहरूले देखाउनुभएको आतिथ्यता र सेवा प्रशंसनीय थियो। यसले टिमको मनोबल र आत्मविश्वास बढाउन मद्दत गर्‍यो। हामी यो सिजन पनि उत्कृष्ट अनुभवको अपेक्षा गरेका छौँ।”

हायात सेन्ट्रिकको सुविधाले टिमलाई प्रतियोगिता अवधिभर उच्च मनोबल कायम राख्न र मैदान बाहिरको समयलाई सन्तुलित बनाउने विश्वास व्यक्त गरिएको छ। यस किसिमको सहकार्यले बिराटनगर किंग्सको समग्र अनुभवमा नयाँ ऊर्जा थप्ने आशा गरिएको छ।

बिराटनगर किंग्स, एनपीएल अन्तर्गत कोशी प्रदेशको प्रतिष्ठित फ्रेन्चाइज टिम हो, जसले स्थानीय प्रतिभा उजागर गर्ने, खेल कौशलको प्रवर्द्धन गर्ने र समुदायसँग सशक्त सम्बन्ध बनाउँदै प्रदेशको गौरव बढाउने उद्देश्य लिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार