काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले निरन्तर कामको चापले आफू थकित भएको बताएका छन्। उनले बिहीबार कुनै सार्वजनिक कार्यक्रममा सहभागी हुन नसक्नुको कारण यही थकान रहेको बताएका छन्।
शुक्रवार बिहान सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले भने, “दिनरात नै लगातार कामको चापका कारण थकित थिएँ। हिजो बाहिरका कुनै कार्यक्रममा सहभागी भइनँ।”
तर, आज शुक्रवार प्रधानमन्त्री ओली सुख्खाग्रस्त बनेका महोत्तरी र बाराको अवलोकन भ्रमणमा जान लागेका छन्।
ओलीले तराई–मधेसमा खडेरीका कारण साउनको पहिलो सातासम्म पनि धान रोपाइँ हुन नसकेको उल्लेख गर्दै स्थानीय अवस्था बुझ्न र किसानका समस्या सुन्न आफू जाने जानकारी दिएका छन्।
“आज महोत्तरी र बारा जाँदै छु। त्यहाँको वस्तुस्थिति हेरौँ र स्थानीय किसानहरूका कुरा पनि सुनौँ भन्ने लागेको छ,” ओलीले लेखेका छन्, “आज बारा र महोत्तरीका दिदीबहिनी दाजुभाइहरूसँग भेट हुने छ।
प्रतिक्रिया