फोहोरजन्य कच्चा पदार्थमा सूर्यविनायकको ९० प्रतिशत बढी कर, व्यवसायीले बुझाए पत्र

आइतबार, ११ साउन २०८२

भक्तपुर : सुर्यविनायक नगरपालिका भक्तपुरले आफ्नो क्षेत्रमा ठेक्का लिएर काम गर्दै आएको फोहोरजन्य कच्चा पदार्थमा ९० प्रतिसतसम्म कर लगाएको भन्दै व्यवसायी आक्रोशित भएका छन् ।

आइतबार अनावश्यक रूपमा लगाइएको कर फिर्ता र व्यवसाय सहजरुपमा गर्न पाउनुपर्ने मागसहित पुगेको टोलीले नगरपालिकाले तोकिएको दरभन्दा ९० प्रतिशत बढी असुली गर्दै आएको उल्लेख गरेको छ । 

kar asuli

कानुनी सल्लाहकार समेत रहेका महानन्द सापकोटा भन्छन्, ‘आवस्यक्ताभन्दा १० गुणा बढीसम्म कर उठाइरहेको पाइएपछि आफूहरूले नगरपालिकामा सहजीकरणको लागि आग्रह समेत गरेका छौँ । उहाँहरूले भोलीसम्म हेर्छौ र मिलाउँछौँ भन्नुभएको छ । 

नगरपालिकाले भने आवश्यक सहजीकरण गर्ने जनाएको सापकोटाले बताएका छन् । उनका अनुसार अन्य पालिकाबाट शून्य प्रतिशत करमा सामान ल्याइए पनि त्यहाँ पुगेपछि कम्पनीहरूले अनावश्यक रूपमा कर तिर्नु पर्दछ । 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार