क्यानलाई एनपीएलकाे पहिलाे संस्करणबाट २ करोड ४६ लाख नाफा

विहीबार, १५ साउन २०८२

काठमाडौँ : नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणबाट २ करोड ४६ लाख ५० हजार ७८९ रुपैयाँ बचत गरेको छ।

can-1नेपाल प्रिमियर लिग परिचालन परिषद्ले बिहीबार बोर्ड बैठकमा पेस गरेको आय-व्यय विवरणअनुसार यो रकम बचत भएको हो।

एनपीएलको पहिलो संस्करणमा कुल २७ करोड ६९ लाख ६४ हजार ८१८ रुपैयाँ आम्दानी भएको थियो। प्रतियोगिता सम्पन्न गर्न २० करोड १५ लाख ७३ हजार ५५९ रुपैयाँ खर्च भएको क्यानका प्रवक्ता छुम्बी लामाले बताए।

बचत रकमको ५० प्रतिशत अर्थात् ४ करोड ३७ लाख ४० हजार ४७० रुपैयाँ ८ फ्रेन्चाइज टोलीहरूलाई वितरण गरिएको छ। बाँकी ५० प्रतिशतमध्ये ७० लाख रुपैयाँ प्रदेशहरूलाई वितरण गरिएको छ। अन्तिममा बाँकी रहेको २ करोड ४६ लाख ५० हजार ७८९ रुपैयाँ क्यानको खातामा बचत भएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार