शिक्षकका लागि छुट्टै सेवा ऐन आवश्यक : मुख्यमन्त्री कार्की

मंगलबार, २० साउन २०८२
तस्बिर : फाइल

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले शिक्षा प्रणालीमा सुधार ल्याउन शिक्षकको सेवा सुविधा र शैक्षिक क्षेत्रका विषय छुट्टै कानुनमार्फत व्यवस्थापन गर्नुपर्ने धारणा राखेका छन् । 

१२ कक्षा परीक्षाको नतिजा सार्वजनिक भएसँगै प्रतिक्रिया दिँदै मुख्यमन्त्री कार्कीले शिक्षा सुधारका लागि केवल परीक्षाफललाई आधार मानेर मूल्याङ्कन गर्नु पर्याप्त नहुने बताएका हुन् । 

मुख्यमन्त्री कार्कीले शिक्षकहरूको सेवा, पारिश्रमिक, स्थायित्व र सुरक्षाका विषय छुट्टै ढङ्गले सम्बोधन नगरेसम्म सुधार सम्भव नहुने तर्क गरे । 

देशभर देखिएको ‘ब्रेन ड्रेन’ न्यूनीकरणका लागि व्यवहारिक र जीवनोपयोगी शिक्षामा जोड दिनुपर्ने धारणा पनि राखेका मुख्यमन्त्री कार्कीले शिक्षा प्रणाली सुधारका नाममा बहसहरू सीमित दायराभित्र समेटिएको भन्दै शैक्षिक नीतिमा दीर्घकालीन दृष्टिकोणको खाँचो औँल्याएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार