सुन-चाँदीको मूल्य बढ्यो

आइतबार, ०८ भदौ २०८२

काठमाडौँ । आज पनि सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार साताको पहिलो दिन अर्थात् आइतबार छापावाल सुन तोलाको २३ सयले बढेको छ । जसअनुसार आज एक लाख ९७ हजार ५ सयमा कारोबार भइरहेको छ ।

गत शुक्रवार सुन तोलाको एक लाख ९५ हजार २ सयमा कारोबार भएको थियो ।

साथै, चाँदीको मूल्य तोलाको ४० रुपैयाँले बढेर २ हजार ३५० मा कारोबार भइरहेको छ, जबकि गत शुक्रवार २ हजार ३१० मा कारोबार भएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार