काठमाडौँ । काठमाडौँको कलङ्की नजिकै कोल्डड्रिक्स बोकेको पिकप भ्यान दुर्घटनामा परेको छ । सोमबार बिहान करिब ६ : ५० मा बा १३ च ६११९ नम्बरको गाडी दुर्घटनामा परेको हो ।
कलङ्कीबाट बल्खुतर्फ जाँदै गरेको पिकप भ्यान अनियन्त्रित भई दुर्घटनामा परेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपक गरीले जानकारी दिए ।
धादिङ बस्ने २४ वर्षीय चालक गौरव राना मगर सकुशल छन् भने अन्य मानवीय क्षती नभएको प्रहरी प्रवक्ताले जानकारी दिए । उनले घटनाको थप विवरण आउन बाँकी रहेको समेत जानकारी गराए ।
प्रतिक्रिया