असोझे भेलको कहर: झापा गाउँपालिकामा ३४३२ परिवार प्रभावित, दुई दिनमै १०२० परिवारलाई राहत वितरण

शुक्रबार, २४ असोज २०८२

झापा : झापा गाउँपालिकामा मात्रै बाढी र डुबानबाट तीन हजार ४ सय ३२ परिवार प्रभावित भएका छन्।

जिल्ला प्रशासन कार्यालय झापाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गाउँपालिकाका कुल ३,४३२ घरपरिवार बाढीका कारण प्रभावित भएका हुन्। जसमध्ये वडा नं. १ का ९९२, वडा नं. २ का १,३४१, वडा नं. ३ का ६६५, वडा नं. ५ का ११०, वडा नं. ६ का ७० र वडा नं. ७ का २५४ गरी जम्मा ३,४३२ परिवार प्रभावित भएका छन्।

बाढीपीडितमध्ये बुधबार र बिहीबार गरी एक हजार दुई परिवारलाई राहत वितरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। पहिलो दिन वडा नं. १ र २ का पीडितलाई राहत प्रदान गरिएको थियो भने बिहीबार वडा नं. २ अन्तर्गत सडकवारिका २६८, टप्पुका १९, जिम्दारवारीका १५ र सिर्जना बस्तीका ६७ परिवारलाई राहत वितरण गरिएको हो।

हिजो ६३३ परिवारलाई राहत वितरण गरिएको थियो। त्यस्तै गौरीगञ्ज गाउँपालिका र शिवसताक्षी नगरपालिकाको स्थलगत अध्ययन गरिएको छ। शुक्रबार आज झापा गाउँपालिकासहित ती पालिकाहरूमा पनि राहत वितरण गरिने नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिए।

स्थलगत अनुगमनका लागि प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी नेतृत्वको टोली पनि गएको थियो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार