७ दिन अघि बेपत्ता झापाका राजपुत मृत भेटिए

शुक्रबार, २४ असोज २०८२

झापा : मेचीनगर–१ देवीगन्जका २५ वर्षीय सुजन राजपुत, जो एक साता अघिदेखि बेपत्ता थिए, मृत फेला परेका छन्।

उनको शव मेचीनगर–१ स्थित सीता पाण्डेको धान खेतमा भेटिएको हो। प्रहरीका अनुसार शव सड्न लागेको अवस्थामा फेला परेको थियो।

शव फेला पर्नासाथ स्थानीयहरूले प्रहरीलाई खबर गरेपछि, प्रहरी चौकी तिरिङबाट प्रहरी टोली घटनास्थलमा पुगेर सुजन राजपूतको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको बताइएको छ।

प्रहरीले घटनाको विस्तृत विवरण सङ्कलन गर्दै अनुसन्धान सुरु गरेको छ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार