कैलालीमा जब मान्छेको टाउको बोकेर दुई युवक प्रहरी कार्यालय पुगे...

शनिबार, २५ असोज २०८२

धनगढी । कैलालीमा युवकको हत्या गरेर अभियुक्त टाउको बोकेर प्रहरी कार्यालय पुगेका छन् ।

सुर्खेतको चौकुने गाउँपालिका–३ का २८ वर्षीय केशरसिंह बुढाको शुक्रबार राति घाँटी रेटेर हत्या भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार धारिलो हतियारले रेटिएको टाउको बोकेर दुई युवक शुक्रबार राति नै प्रहरी कार्यालयमा आत्मसमर्पण गर्न पुगेका थिए ।

बैलालीको घोडाघोडी नगरपालिकाका १८ वर्षीय बलबहादुर बिक र १९ वर्षीय गंगा बुढा क्षेत्री टाउको लिएर इलाका प्रहरी कार्यालय सुखडमा पुगेका थिए । उनीहरुलाई नियन्त्रणमा राखेर घटनाबारे अनुसन्धान भइरहेको छ ।

घोडाघोडी नगरपालिका–८ को एक होटलमा शुक्रबार राति मदिरा सेवन गर्नेक्रममा उनीहरूबीच विवाद भएको थियो । विवादपछि धारिलो हतियारले हानेर बुढाको हत्या भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार