विराटनगरबाट लागूऔषध खैरो हिरोइनसहित १ जना पक्राउ

शुक्रबार, ०५ मंसिर २०८२

इटहरी । लागूऔषध खैरो हिरोइन सहित एक व्यक्तिलाई प्रहरीले मोरङको विराटनगरबाट नियन्त्रणमा लिएको छ । आज (शुक्रबार) बिहान ८:३० बजे विराटनगर महानगरपालिका-१६ स्थित दरैया चोकबाट प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जिल्ला मोरङ, सुन्दरहरैचा नगरपालिका-१२ बस्ने ३९ वर्षीय राजु बि.क. रहेका छन् । भारतबाट नेपालतर्फ शङ्कास्पद तरिकाले आउँदै गरेको को ३८ प २३१७ नं. को मोटरसाइकल रोकी चेकजाँच गर्दा उनको साथबाट लागूऔषध फेला परेको थियो ।

उनको साथबाट १०३ ग्राम खैरो हिरोइन जस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको संयुक्त प्रहरी टोलीले राजु बि.क. र मोटरसाइकल सहित उनलाई नियन्त्रणमा लिएको हो ।

हाल पक्राउ परेका बि.क.लाई इलाका प्रहरी कार्यालय, रानीमा ल्याई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार