काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले संयमित भएर चुनावी प्रचारमा लाग्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएको छ।
चितवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पूर्ण रुपमा आचारसंहिता पालना गर्न आग्रह गरे।
उनले भने, ‘यसको नतिजा जे आएपनि स्वीकार्ने हिसाबले संयमित भएर हामी अगाडि बढ्नुपर्छ। स्वस्थ प्रतिस्पर्धा गर्नुपर्छ सबैले। भड्काउने र उत्तेजित हुने क्रियाकलाप कुनै राजनीतिक दलले नगरोस्।’
उनले पार्टीपंक्तिलाई अरू दलका नेता कार्यकर्तालाई पनि सम्मान गर्न र संयमित भएर प्रस्तुत हुन आग्रह गरे। उनले असन्तुष्टि, आक्रोश सबै मतबाट जाहेर गर्न आग्रह गरे।
प्रतिक्रिया