इलाम । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि इलाम निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङ उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
मनोनयन दर्तापछि नेम्वाङले इलामेली जनतालाई सम्बोधन गर्दै आगामी निर्वाचनलाई सभ्य र भव्य रूपमा सफल बनाउन सबैको साझा प्रयास आवश्यक रहेको बताए ।
उनले सुशासन, विकास र समृद्धिलाई आफ्नो प्रमुख एजेन्डा रहेको उल्लेख गर्दै इलामको समग्र रूपान्तरणका लागि सामूहिक यात्रामा जनताको साथ अपरिहार्य रहेको धारणा राखे । ‘सुशासन, विकास र समृद्धिको हाम्रो साझा यात्राले रूपान्तरणको गन्तव्यमा अवश्य पुर्याउनेछ,’ उनले भने।
एमाले उम्मेदवार नेम्वाङले आगामी निर्वाचनमा अत्यधिक बहुमतका साथ विजयी गराउने अपेक्षा व्यक्त गर्दै जनताको विश्वास र समर्थनप्रति आभार व्यक्त गरेका छन् । उनले चुनावी अभियानलाई घरदैलो र प्रत्यक्ष संवादमार्फत अघि बढाउने प्रतिबद्धतासमेत जनाए ।
प्रतिक्रिया