सामुदायिक विद्यालयलाई मिनी बस

शुक्रबार, ०५ मंसिर २०८२

इलाम : विद्यार्थीलाई विद्यालय आवतजावतमा सहज वनाउने उद्धेश्यले इलामको  सिद्धेश्वरी आधारभूत विद्यालयलाई भारतीय राजदतावसले एक स्कुल बस उपलव्ध गराएको छ । 

इलाम नगरपालिका वडा नम्बर ४ मा रहेको सिद्धेश्वरी आधारभूत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरु टाढाटाढा देखि पनि आउने गरेको तर्फ मध्यनजर गर्दै इलाम नगरपालिकाले बस स्कुलका लागि पहल गरेको थियो । 

आधारभुत तहको पठनपाठन हुने विद्यालयमा ससाना वालवालिकाहरु समेत टाढाटाढा देखि अध्ययनका लागि आउने गरेका कारण विद्यार्थीको सहजताका लागि नगरपालिकाले स्कुल बसका लागि पहल गरेपछि स्कुल बस प्राप्त भएको इलाम नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष नुतनदेव दुलालले वताए । वडाध्यक्ष दुलालले विद्यालयका लागि  मिनि बस उपलब्ध भएको समेत जानकारी दिए । दुतावासबाट प्राप्त  बस एक कार्यक्रमबा बिच विद्यालयलाई हस्तान्तरण गरिएको छ । 

WhatsApp Image 2025-11-21 at 2.38.38 PM (4)

इलाम नगरपालिकाका प्रमुख केदार थापाले दुतावासवाट प्राप्त स्कुल  बस विद्यालयलाई हस्तान्तरण गरेका छन । स्कुल बस हस्तान्तरण गर्दै नगरप्रमुख थापाले सामुदायिक बिद्यालयको  शिक्षाको गुणस्तर बढाउन अभिभावक, शिक्षक तथा विद्यार्थी लाग्नु पर्नेमा जोड दिए । उनले टाढावाट अध्ययनका लागि आउने विद्यार्थीहरुलाई स्कुल बसले सहज वनाउने विश्वास समेत व्यक्त गरे ।  स्कुल बस हस्तान्तरण कार्यक्रममा  इलाम नगरपालिकाको बिभिन्न वडाका वडाध्यक्ष सहित विद्यालयका प्रधानाध्यापक डम्मरु बल्लभ शर्मा, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी , अभिभावक, स्थानीय तथा विद्यालयका शिक्षक–शिक्षिकाहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार