पूर्वसभामुख महरालाई धरौटीमा छाड्न उच्च अदालतको आदेश

विहीबार, ११ मंसिर २०८२

काठमाडौँ । उच्च अदालत पाटनले पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौँको आदेशलाई बदर गरेको छ।

महरालाई २० लाख रुपैयाँ धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ । बिहीबार उच्च अदालत पाटका न्यायाधीयशद्वय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले महरालाई धरौटीमा छाड्न आदेश दिएको हो ।

सुन तस्करी प्रकरणमा मुछिएका महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गत असोज २६ मा पक्राउ गरेको थियो ।

त्यस्तै असोज २९ गते जिल्ला अदालत काठमाडौँले महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । उच्चले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ बमोजिम थुनामा पठाउने गरी भएको जिल्लाको आदेश नमिलेको भन्दै बदर गरिदिएको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार