धरानमा लागूऔषधसहित दुई जना पक्राउ

विहीबार, ११ मंसिर २०८२

धरान:  सुनसरीको धरानमा शङ्कास्पद रूपमा हिँडिरहेका दुई जनालाई प्रहरीले लागु औषधसहित नियन्त्रणमा लिएको छ। 

प्रहरीले बरामद गरेको लागुऔषध विभिन्न एम्पुल र चक्की रहेको छ भने दुवै जनालाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरान पठाइएको छ। 

आज दिउँसो १ बजे धरान उपमहानगर–८ स्थित ट्राफिक कार्यालय छेउबाट वडा प्रहरी कार्यालय भानु चोकबाट खटिएको प्रहरी टोलीले शङ्कास्पद रूपमा हिँडिरहेका व्यक्तिहरूलाई चेकजाँच गरिएको थियो सो क्रममा उनीहरूको साथबाट लागुऔषध फेला परेपछि प्रहरीले धरान–१६ बस्ने ४५ वर्षीय शरण श्रेष्ठ र धरान–१५ बस्ने ४० वर्षीय दीपक तामाङलाई नियन्त्रणमा लिएको थियो । 

पक्राउ परेकाहरूको साथबाट प्रहरीले लुपिजेसिक ,एभिल ,डाइजेपाम , फेनारगन  जस्ता लागू औषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

धरान प्रहरीले नगरवासीहरूलाई सचेत रहन र शङ्कास्पद गतिविधि देखिएमा तुरुन्त प्रहरीलाई जानकारी गराउन आग्रह समेत गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार