महेन्द्रनगर : महाकाली नदीमा आज दिउँसो एक युवक बेपत्ता भएका छन्।
भीमदत्त नगरपालिका–३ तिलकपुरका २८ वर्षीय सनी दमाई महाकालीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिए।
‘स्थानीय भाइ पर्नेको महाकाली घाटमा मलामी गएका सनी चिता बनाउने क्रममा चिप्लेर महाकालीमा बेपत्ता भएको प्रारम्भिक खबर आएको छ,’ उनले भने, ‘अहिले खोजी कार्यमा नेपाल प्रहरीसहित सुरक्षाकर्मी परिचालन गरिएको छ।’
प्रतिक्रिया