सुदन गुरुङसँग रविले भने- ममाथि छानबिन गर्ने भए सरकारले नयाँ आयोग बनाएर गरोस्

विहीबार, १८ मंसिर २०८२

काठमाडौँ। जेनजी अभियन्ता सुदन गुरुङले राष्ट्रिय स्वतन्त्रता पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भेट गरेका छन् । बिहीबार नख्खु कारागार पुगेर गुरुङले लामिछानेसँग भेट गरेका हुन् ।

लामिछानेसँगको भेटमा सबै वैकल्पिक शक्ति मिल्नुपर्ने प्रस्ताव आफूले राखेका र त्यसमा लामिछाने सकारात्मक देखिएको गुरुङले बताएका छन् ।

यसबाहेक आफूलाई अन्याय भएको विषय पनि लामिछानेले सुनाए । उनले सहकारी ठगी प्रकरणमा आफूमाथि अन्याय भएकाले छिटो न्याय पाउनुपर्ने अपेक्षा गुरुङसँग राखेका थिए ।

रविलाई उद्धृत गर्दै गुरुङले भने– ‘ममाथि छानबिन गर्ने भए अर्को आयोगै बनाएर छानबिन गरियोस्, यसमा मलाई कुनै टेनसन छैन । म दोषी छु भने ममाथि अझै छानबिन गरियोस् । तर, अहिलेजस्तै दोष मात्रै लगाइराख्ने हो भने दुई सय वर्षसम्म पनि लडेर भ्याउदिनँ भन्ने कुरा उहाँले गर्नुभयो ।’

सभापति लामिछानेले जेनजीको मुद्दामा रास्वपाले साथ दिने प्रतिबद्धता जनाएको पनि बताए । उनले भने– ‘जेनजको साथमा हामी सुरुदेखि नै थियौँ । र, अब चाहिँ खुलेर साथ दिन्छौँ । तपाईँहरूको जुन मुभमेन्ट छ भ्रष्टाचारविद्धको मुभमेन्ट, सबैजनाले मुद्दा उठाए, आफैँ भ्रष्टाचार गर्ने अनि आफैँ भ्रष्टाचारविरुद्धको मुद्दा उठाउने भए, मलगायत मेरो सम्पूर्ण पार्टी चाहिँ तपाईँहरूको व्याकमा छौँ। तपाईँहरूले उठाउनु भएको मुद्दामा अब चाहिँ रास्वपा पनि खुलेर लाग्छ भनेर विश्वास दिलाउनु भएको छ ।’

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार