वैरागी काइँलालाई लेखक संघको पुरस्कार

शनिबार, १६ बैशाख २०८०
काठमाडौं । नेपाली लेखक संघले एक लाख राशिको राष्ट्रिय लेखक पुरस्कार वरिष्ठ कवि एवम् संस्कृतिविद् वैरागी काइँला (तिलबिक्रम नेम्बाङ) लाई प्रदान गरेको छ । लेखक दिवसका अवसरमा शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नगदसहित सम्मानपत्र हस्तान्तरण गरे । दुई–दुई वर्षमा प्रदान गरिने यो पुरस्कार पहिलो पटक काइँलालाई दिइएको हो । अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्ने नेपाली लेखक सङ्घले शनिवार वैशाख १६ गते देशैभर विभिन्न रचनात्मक कार्यक्रमहरुको आयोजना गरी लेखक दिवस मनाएको संघका महासचिव सोझो गाउँलेले बताए । सम्पूर्ण लेखकहरूले गौरव गर्ने लाइब्रेरी पर्वका दिनलाई राष्ट्रिय लेखक दिवस मनाउने निर्णय गरेको संघका अध्यक्ष तीर्थ श्रेष्ठले बताए । वि. सं. १९८७ मा सरस्वती गुठी नामक सामाजिक संस्था स्थापना गरी त्यसमार्फत् पुस्तकालय सञ्चालन गर्ने उद्देश्यले ४५ जना कवि तथा लेखक एवम् बुद्धिजीवीहरूले हस्ताक्षर गरी श्री ३ भीमशमशेरसमक्ष निवेदन पेस गर्दा हस्ताक्षर गर्ने सबै युवाहरूलाई दरबारमा बोलाउन लगाई दण्डित गरेको दिनको स्मरणमा लेखक दिवस मनाउन लागिएको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार