काठमाडौं : भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो पक्राउ परेपछि विश्व बजारमा भूराजनीतिक जोखिम बढ्ने आशंकासँगै सुनको मूल्यमा तीव्र वृद्धि भएको छ। लगानीकर्ताहरूले सुरक्षित मानिने सम्पत्तितर्फ लगानी सार्दा सुनको मूल्य करिब २.४ प्रतिशत बढेर प्रतिऔंस ४ हजार ४३३ डलर पुगेको छ। चाँदीको मूल्य पनि ४.९ प्रतिशतले उकालो लागेको छ।
नेपाली बजारमा पनि मंगलबार सुनको मूल्य वृद्धि भएको छ । सोमबारको तुलनामा मंगलबार छापावाल सुन तोलामा ३ हजार १०० रुपैयाँ वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन सोमबार तोलामा २ लाख ६५ हजार रुपैयाँ कायम थियो । मंगलबार भने बढेर २ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको हो ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा ४ हजार ६८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा ४ हजार ८८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया