विराटनगर । जिल्ला मोरङको विराटनगर महानगरपालिका–१४ जतुवा क्षेत्रमा सडक किनारामा लुकाइछिपाइ राखिएको ठूलो परिमाणको खाद्य सामग्री प्रहरीले बरामद गरेको छ। इलाका प्रहरी कार्यालय रानीबाट प्रहरी निरीक्षक कबिन राईको कमाण्डमा खटिएको १३ जनाको प्रहरी टोलीले आज (बुधबार) बिहान करिब ६:४० बजे परालको कुन्यूभित्र परालले छोपी वेवारिसे अवस्थामा राखिएको सामग्री फेला पारेको हो।
प्रहरीका अनुसार १२ कार्टुनमा अन्दाजी मूल्य ९२ हजार १६० रुपैयाँ बराबरको २८८ बट्टा रसगुल्ला , तीन वटा बोरामा अन्दाजी मूल्य ५ हजार १०० रुपैयाँ बराबरको ८५ केजी चिनी तथा ग्यास चुलोमा प्रयोग हुने (अन्दाजी मूल्य ३७ हजार २०० रुपैयाँ बराबरको विभिन्न पार्ट्स बरामद गरिएको छ।
बरामद सामग्रीको कुल अन्दाजी मूल्य १ लाख ३४ हजार ७६० रुपैयाँ रहेको प्रहरीले जनाएको छ। उक्त स्थान इलाका प्रहरी कार्यालय रानीबाट करिब ४ किलोमिटर उत्तर–पूर्वतर्फ पर्छ। बरामद सामान इलाका प्रहरी कार्यालय रानीमा ल्याई भन्सार कार्यालय रानीमा बुझाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया