जनकपुर : मधेश प्रदेशको नामकरण र राजधानी जनकपुर कायम गरिएको दिनको स्मरणमा मधेश प्रदेश सभाले आज (शनिबार) प्रदेश नामाकरण र राजधानी कायम स्मरणीय पावन दिवस मनाएको छ ।
माघ ३ गतेका दिन प्रदेश नम्बर २ ले मधेश प्रदेशको नाम पाएको थियो । नाम पाएको दिनलाई ऐतिहासिक दिनको संज्ञा दिँदै प्रदेश नामाकरण र राजधानी कायम दिवस मनाइएको हो ।
सो अवसरमा मधेश प्रदेश सभाका सभामुख राम अशिष यादवको अगुवाईमा वृक्षारोपण गरियो । मधेश प्रदेश सभा परिसरमा विभिन्न जातका विरुवाहर सभामुख यादव लगायतले रोपेका छन् । सभामुख यादवले मधेश प्रदेशको नामाकरण हुनु र राजधानी जनकपुर हुनु संघीयताको प्रतीक रहेको बताए । उनले आजकै दिनले गणतन्त्र संस्थागत गरेको धारणा राखे । यादवले यस वर्ष वृक्षारोपन कार्यक्रम मात्र गरिएको पनि आगामी वर्षहरु आजका दिन विभिन्न कार्यक्रमहरुको आयोजना गरि मनाइने समेत जानकारी दिए ।
सो अवसरमा सभामुख यादवले निवर्तमान सभामुख सरोज कुमार यादवलाई सम्मान गरेका थिए । वृक्षारोपन कार्यक्रममा मधेश प्रदेशका पूर्व मुख्यमन्त्री सरोज कुमार यादव, अर्थ मन्त्री महेश प्रसाद यादवलगायत मधेश प्रदेश सभा सदस्यहरुको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया