ललितपुर : ललितपुर क्षेत्र नम्बर २ बाट निवर्तमान सञ्चारमन्त्री जगदीश खरेलले मनोनयन दर्ता गराएका छन् । मंगलबार ललितपुर क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालय सातदोबाटो पुगेर खरेलले उम्मेदवारी दर्ता गराएका हुन् ।
खरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवारी दिएका हुन । उनले रास्वपाबाट उम्मेदवार बन्नका लागि हिजो मात्र मन्त्री पदबाट राजीनामा दिएका थिए ।
यस क्षेत्रबाटनै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रघुवर राज थापा, उज्यालो नेपाल पार्टीका उम्मेदवार राजाराम तन्डुकार, नेकपाका उम्मेदवार राजेन्द्र अमात्य एमालेका प्रेम बहादुर महर्जनले मनोनयन दर्ता गराएका छन् ।
यसअघि ललितपुर निर्वाचन क्षेत्र नं २ मा नेकपा (एमाले) का उम्मेदवार प्रेमबहादुर महर्जन विजयी विजय भएका थिए ।
प्रतिक्रिया