विराटनगर : कोशी प्रदेश स्तरीय सहयोग कार्यक्रम निर्देशक समितिको बैठक आज मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सम्पन्न भएको छ ।
स्विस सरकार विकास सहयोग कार्यक्रम अन्तर्गत सञ्चालन भइरहेको कार्यक्रमहरूको समीक्षा र प्रगति साथै आगामी दिनमा गर्न सकिने कार्यक्रमका बारेमा बैठकमा छलफल भएको जनाइएको हो ।
करिब ८ करोड रुपैयाँ बराबरको कम्प्युटर प्रिन्टर लगायतका सामग्री स्थानीय तहमा हस्तान्तरण गरी जेन्जी आन्दोलनपछि वडा कार्यालयहरु सञ्चालन गर्न स्विस सरकार विकास सहयोग कार्यक्रमले सहयोग पुर्याएको छ । कार्यक्रमले संघीयता कार्यान्वयन र सुशासनमा सहयोग गर्दै आएको छ।
प्रदेशमा कानुन निर्माणमा समेत यस कार्यक्रमले सहयोग गर्दै आएको छ । बैठकमा मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सुशासन र असल अभ्यासलाई जोड दिएर काम गर्नुपर्ने बताए । प्रमुखमन्त्री कार्कीले स्विस सरकारको सहयोगमा भएको कार्यक्रमलाई छिटो र छरितो ढंगले टुंग्याउनुपर्ने उल्लेख समेत गरे ।
कार्यविधि र अरु प्रक्रियाहरु चाँडो सकेर कामलाई द्रुत गतिमा अगाडि बढाउनुपर्नेमा मुख्यमन्त्री कार्कीले जोड दिए । मुख्यमन्त्री कार्कीले स्विस सरकारसगको सम्बन्ध सात दशक लामो भएको चर्चा गर्दै स्विस सरकारले नेपाललाई गरेको सहयोग प्रशंसनीय भएको समेत बताए ।
प्रतिक्रिया