काठमाडौं : सरकारले यो आर्थिक वर्षमा बीमाको लागि १० अर्ब रकम छुट्टाएको स्वास्थ्य तथा जनसंख्या मन्त्री सुधा गौतमले बताएकी छन् ।स्वास्थ्य मन्त्री गौतमले नेपाल सरकारले बीमाको लागि छुट्टाएको वार्षिक बजेटको परिधिभित्र रहेर नै कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताएकी हुन् ।
मन्त्री गौतमले भनिन्, ‘मन्त्रीको जिम्मा लिएपछि तितामिठा सबै कुरा गर्नुपर्ने रहेछ । मिठा मिठा कुरा मैले सकाए, अर्को कुरा बीमाको पैसाको कुरा आउँछ । धेरै पैसा बाँकी छ । स्वास्थ्य मन्त्रालयले दिएको छैन् भन्ने कुरा आएको छ । तर सरकारले बीमालाई आर्थिक वर्षमा १० अर्ब रुपैयाँ छुट्टाएको हो । त्यो हाम्रो वार्षिक बजेट हो । वार्षिक बजेटको परिधिभित्र रहेर हामीले कार्यक्रम सञ्चालन गर्नुपर्छ । त्योभन्दा बाहिर जान मिल्दैन् ।’
यसैगरी मन्त्री गौतमले बीमा बोर्डले स्रोत सहमती र सुनिश्चित नगरी रकम खर्च गर्दै २४ अर्बको वार्षिक दायित्व हुनेगरि काम गरिरहेकाले पैसा जनताको करबाट नै आएको बताइन् ।
‘बीमा बोर्डले स्रोत सहमति पनि नलिई, स्रोत सुनिश्चित पनि नगरि खर्च गर्दा दायित्व यति भयो कि २४ अर्बको वार्षिक दायित्व हुनेगरि खर्च भईरहेको छ मन्त्री गौतमले थपिन । यसमा सरकारले पैसा कहाँबाट ल्याउँछ भन्ने प्रश्न उठेको हुनसक्छ । त्यो पैसा तपाई हाम्रै हो । विपन्न मान्छेले रगत पसिना गरेर कमाएको पैसाले तिरेको करले नेपाल सरकारले त्यो सेवा दिने हो । सरकार आफैले कुनै रुखबाट त रकम ल्याउदैँन् ।’करबाट प्राप्त पैसाको सदुपयोग कसरी गर्ने भन्ने कुरामा ध्यान दिनुपर्ने ठाँउमा नेपालीहरु सरकारले दिन्छ भनेर ढुक्क भएर बस्ने गरेको मन्त्री गौतमले भनाई राखिन ।
प्रतिक्रिया