राष्ट्रपति विद्यादेवी भण्डारीले दुई देशको लागि गैरआवासीय राजदूत नियुक्त गरेकी छन् । नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम माल्दिभ्स र न्यूजिल्याण्डको लागि गैरआवासीय राजदूत नियुक्त भएका हुन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार श्रीलङ्काका लागि नेपालको आवासीय राजदूत वासुदेव मिश्रलाई माल्दिभ्सका लागि गैरआवासीय राजदूत नियुक्त गरिएको छ ।
त्यस्तै अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदूत कैलाशराज पोखरेललाई न्यूजिल्याण्डका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरिएको प्रवक्ता आचार्यले जानकारी दिएका छन् ।
प्रतिक्रिया