कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) प्रदेश १ अध्यक्षमा राेशन दाहाल चयन भएका छन् । क्यान प्रदेश १ काे छैठौ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनबाट प्रदेश १ अध्यक्षमा रोशन दाहाल चयन भएका हुन् । इटहरी स्थित दुर्गा पार्टी प्यालेसमा आयोजित अधिवेशनबाट सर्वसम्मत अध्यक्षमा दाहाल चयन भएका हुन् ।
त्यस्तै क्यान प्रदेश १ उपाध्यक्षमा बलराम भण्डारी, सचिवमा यज्ञराज दाहाल (नवराज), सहचिवमाअर्जुन राई, कोशाध्यक्ष जानुका खत्री र सदस्यमा विशाल बास्तोला चयन भएका छन् । क्यान महासंघको विधान अनुसार जिल्ला अध्यक्षहरू स्वतः पदेन सदस्य रहने छन् ।
क्यान केन्द्रका अध्यक्ष नवराज कुँवरको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा केन्द्रीय सचिव ठाकुर कुमार श्रेष्ठ, प्रदेश नं १ का निवर्तमान अध्यक्ष भवकृष्ण तिम्सीना, क्यान सुनसरीका संस्थापक अध्यक्ष कमल तिम्सीना लगायत क्यान प्रदेश १ का जिल्ला अध्यक्षहरूको सहभागिता रहेको थियाे ।
प्रतिक्रिया