अध्यादेश ल्याउने निर्णयप्रति कांग्रेस उपसभापति गुरुङ पनि असन्तुष्ट

मंगलबार, २७ मंसिर २०७९
नेपाली कांग्रेस माहामन्त्री द्धय विश्वप्रकाश शर्मा र गगन थापा, युवा नेता प्रदिप पौडेलसँगै उपसभापति धनराज गुरुङले पनि सरकारले जारी गर्न लागेको अध्यादेशप्रति असन्तुष्टि व्यक्त गरेका छन् । टिकापुर घटनालाई लिएर जेल जीवन बिताइरहेका रेशम चौधरीलगायतलाई रिहा गर्न सरकारले मुलुकी अपराध संहिता पहिलो संशोधन विधेयक जारी गर्ने तयारी गरेरहेको बेला कांग्रेस उपसभापति गुरुङले पनि असन्तुष्टि जनाएका हुन् । सामाजिक सञ्जालमा अध्यादेशतर्फ लक्षित गर्दै उपसभापति गुरुङले लेखेका छन्, ‘अध्यादेशमार्फत गम्भीर प्रकृतिका विषयहरूको सन्दर्भमा निर्णय लिनु अनुपयुक्त हुन्छ । प्रजातन्त्र भनेकै विधिको शासन हो । विधिको शासनको पक्षमा कांग्रेस सधैं उभिनु पर्छ ।’ सरकारले मुलुकी अपराध संहिता पहिलो संशोधन विधेयक जारी गर्ने निर्णय गरेसँगै उक्त कदमको चौतर्फी बिरोध भइरहेको छ । कांग्रेसकै नेताहरू डा। शेखर कोइराला, महामन्त्रीहरू गगन थापा, विश्वप्रकाश शर्मालगायतले पनि अध्यादेश फिर्ता लिन सरकारलाई आग्रह गरिसकेका छन् । यता राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायत बिभिन्न दलका नेताहरुले पनि सरकारको उक्त कदमलाई गलत भनेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार