ताजा अपडेट
युनिकोड
मिति रूपान्तरण
मंगलबार, २७ माघ २०८२
होमपेज
समाचार
प्रदेश खबर
कोशी
मधेश
गण्डकी
बागमती
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
मुख्य खबर
राजनीति
सम्पादकीय
विचार
मनोरञ्जन
अर्थ
अन्य
खेलकुद
सफलताको कथा
शिक्षालय
स्वास्थ्य
पत्रपत्रिकाबाट
रोचक
विदेश
साहित्य
सपना र गणतन्त्र
प्रदेश खबर
सोमबार, १५ जेठ २०८०
शुभलक्ष्मी लम्साल
ए होइ ! फुलमाया !
कति टिप्छेस् !
आफ्नो जोवन जस्तै कलिला चियाका मुनाहरु
भर्छेस् डाेकोमा सुनौलाै बिहानीको रहर
बरु सुस्ता एकछिन !
छिया छिया परेको अम्लाले
सल्का खुकुरी चुरोट
आनन्दले फुकी दे धुवाँ आकाशतिर
तान्दा तान्दै बाँकि राख ठुटाे
त्यही झिल्को लिएर झोसी दे
समानताकाे सपना देखाउनेहरुको महल।
इमर सुन् ! धनिया !
घामले डढिसकेको जिर्ण आङ लिएर
कति पुर्याउछेस् खेतमा कलौ
बुढो रुख भैसकेको धनिकलाललाई
अनि...
गर्व गर्न दिन्छेस शासकहरूलाई
कृषि प्रधान देश भनेर
बरु भाकेर थान देउता
कसम खा एक बोतल रक्सीको
उठा हलो, लगा फाली
जोति दे टुँडीखेलको घाँसे मैदान
हेर ! कहाँ छ? त्यहाँ
किसानहरूकाे गाडीएकाे दस्तावेज ।
ओई ! सुनाखरी !
कति हाल्छेस् कोदोमा मर्चा र
बनाउछेस् आफ्नो जीवन भन्दा अमिलो जाँड
बरु लगा एक डबका आफै
आईज सभ्य सभामा
उतारी दे ! एक एक गरेर
भलादमीहरुको मकुण्डाे ।
ओ! क्रिकेटर !
कति मार्छौ मैदानमा चौका र छक्का
आअाे ..
ब्याट , बल र स्टम्प लिएर
संसद भवनको पटाङि्गनीमा
हान सिक्सर
फुटाइदेउ पर्दा र सिसा लागेका ती झ्यालहरु
नाङ्गियोस त्यहाँ रहेका काला कर्तुतहरु ।
ओ !मैना सुनुवार, सुन्तली र निर्मलाहरु !
आओ ...
लस्करै सुत चौबाटाेमा
हेरौ त !
तिमीहरूको लासलाई कुल्चेर
कसरी बजाउछ्न् बादशाहहरू शान्तिको विगुल
कसरी फहराउदा रहेछन्
चिल्ला गाडीमा देशको झन्डा ।
ओई ! नोर्बु शेर्पा !
कति धाउछ्स् आफ्नो दु:ख जस्तै
कट्कटाउने हिउँमा टेक्दै
गरुङ्गो भारी बोकेर जीवनको उकाली
बरु फाल्दे भारी र आइज
फुटेका पाइताला बजार्दै
चढ सिंहदरबारको गेट माथि
लगा निशाना, बन्दुक ताकेर.
त्यहाँ भित्रीने
शाहन्शाह अनुहारहरुलाई
सुकिलो सपना बाँड्ने
गणतन्त्रका पहरेदारहरूलाई ।
प्रतिक्रिया
लेखकको बारेमा
प्रदेश खबर
लेखकको सबै आर्टिकल
धेरै पढिएको
कांग्रेस सभापति गगन थापा मंगलबार बिहान इटहरी आउँदै, यस्तो छ तालिका
तामाकोशीमा बस दुर्घटना : १२ मध्ये ११ जनाको सनाखत (नामावलीसहित)
सिरहा कारागारमा तनाव, नाइके पक्राउपछि तोडफोड र आगजनी
काङ्ग्रेस सभापति गगन थापाले सुनसरी आएर उम्मेदवार कोइरालाबारे के भने?
मधेशमा गजेन्द्रनारायण सिंहको शालिकको अपमान गरेको भन्दै बालेनको चर्को आलोचना
पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई परिवारलाई राष्ट्रपति रामचन्द्र पौडेलको समवेदना सन्देश
सम्बन्धित समाचार
मेरी काली
विराटनगरमा अन्तरराष्ट्रिय मैथिली सम्मेलन–२०२५ भोलि देखि
वंश जोगिने भ्रममा भत्किएको जीवन
दुई दशकका बेस्टसेलर २० पुस्तक (सूचीसहित)
अनलाइन ठगीको जालोः वालेट आईडी दुरुपयोग गरी ३९ लाखभन्दा बढी ठगी, ६ जना पक्राउ
प्रा.डा.बाबुराम शर्मा पोखरेलका दुई कृति सार्वजनिक
इटहरीमा घुम्ती साहित्य उत्सव, गरियो कितावहरुको चर्चा
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
प्रतिक्रिया