उपमहानगरपालिकाले मंगलबार (आज) इटहरीका २० वटै वडामा निर्माण भएको अवैध संरचना हटाउन निर्देशन जारी गरेको छ । वडाहरूलाई दिइएको निर्देशन कडाइको साथ लागू गर्न बताइएको छ ।
निजी जग्गा बाहेक बाटो पैनी, खोलाको जग्गा नहडप्न र हडपेर बसेकाहरूले तत्काल छोड्न निर्देशन जारी गरिएको प्रमुख पौडेलले बताए ।
‘पैनी मिचेर बनाइएका संरचना हटाउनका लागि हामीले सबै वडा कार्यालयमार्फत नगरबासीमा जानकारी पनि गराएका छौँ,’ प्रमुख पौडेलले भने ।
उपमहानगरको सूचनालाई बेवास्ता गरेको पाइएमा कानूनअनुसार कारबाही अगाडि बढाइने बताइएको छ । खोला–पैनीमा अवैध संरचना बन्दा इटहरीमा सामान्य पानी पर्दा बाढी बस्ती छिर्ने र इटहरीमा जनधनको क्षति हुने गरेको छ ।
प्रतिक्रिया