गीता भूर्तेल आचार्य
हुरी चलिरहन्छ सधैँ एकान्तमा बसी
दुःख पीर सम्हालेर हिँड्छु हाँसी खुसी
सम्झनामा सधैँ मेरो चस्स मुटु घोच्ने
समयको परिवेशमा कति कुरा सोच्ने
यो मनले तारा जुन खसालिदिउँ भन्छ
परिस्थिति सम्हाल्नु छ कसले सहारा दिन्छ
कठिनाइ धेरै छन् जीवन परिवेशमा
माथि माथि जान्छ कहिले मन कहिले सतहमा ।
प्रतिक्रिया