अम्बिका खरेल उप्रेती
एक्लै हिँड्न सक्छ भने जमात किन खोज्छ मान्छे
माटामुनि दबिनु छ उत्पात किन खोज्छ मान्छे
अचम्मको चिज छ यो पैसा भन्ने वस्तु पनि
हातको मैला आयो गयो सौगात किन खोज्छ मान्छे
आचरण नियन्त्रण गर्न आफैँ सक्दैन जो
मनभरि दोष राखी औकात किन खोज्छ मान्छे
धर्मकर्म बिच्छयानु हुन्छ भन्ने ख्याल राख्दै
बन्चरोमा खुट्टा राखी आघात किन खोज्छ मान्छे
हिंसा बाटो त्यागी हिँड्नु सत्य बोल्नु बोलाउनु
बुझ्नुपर्छ सधैँभरि प्रभात किन खोज्छ मान्छे
प्रतिक्रिया