एउटा पाठ पढेर जिन्दगीको

शनिबार, १६ असार २०८०

कञ्चन सिवाकोटी

आँखाभरि रुझाएर परेली तप्प तप्प बलेनी झरेर एउटा यात्रा सकिन्छ जिन्दगीको जिन्दगीका पाठशालामा पढियो भाँडाकुटी पनि लेखियो गट्टाखेल र लुकामारीका अक्षर ती दिन सुनौला याम बोकेर आइरहन्थ्यो सधैँ हो, जिन्दगीमा फुलेको हो लालीगुराँस पनि फुलेका हुन् गुलाब र सयपत्री पनि नरमनरम दूबोमा लुटपुटिएको थियो कुनै दिन जिन्दगीको वसन्त शिशिरका उजाड रूखहरूजस्तै उजाड खरबारीजस्तै मरुभूमिमा क्याक्टस उमार्दैछ जिन्दगी र पनि एउटा मीठो मुस्कानको बादल-छाया चन्द्रमाको शीतलता पर्खेर एकान्त चौरमा टुक्क्रुक्क बसेको छ । म हेरिरहेको छु उसका संवेगहरूलाई आवेगहरूलाई संवेदनाहरूलाई ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार