सर्लाहीमा आफ्नै साथीले सशस्त्र प्रहरी जवान माथि गोली चलाए

शनिबार, ०२ पुस २०७९
सर्लाहीको रामनगर गाउँपालिका ६ मा सशस्त्र प्रहरी जवानमाथि गोली प्रहार भएको छ । काभ्रपलान्चोक १५ नम्वर गणमा कार्यरत सुरेश साह माथि छुट्टीमा घर आएकको समयमा गोली प्रहार भएको हो । गोली लागेर साह घाइते भएको सर्लाहीका डिएसपी विजय यादवले जानकारी दिए । उनले साहलाई थप उपचारका लागि काठमाडौं पठाएको बताए । स्थानिय एक खाजा पसलमा खाजा खाइरहेका बेला आफैसँग रहेका एक व्यक्तिले अचानक उनीमाथि गोली चलाएको बताइएको छ । उक्त कार्यमा संलग्न २ जना फरार भएका छन् भने रामप्रवेश साह नामक एक ब्यक्तिलाई नियन्त्रणमा लिएको डिएसपी यादवले बताए । सशस्त्र प्रहरी जवान साहले चिनजानकै व्यक्तिलाई ४ लाख रुपैया दिएको र सो रुपैया लिन उनी आएका थिए । रुपैयाकै विषयमा विवादपछि गोली हानेको हुनसक्ने डिएसपी यादवले बताएका छन् । फरार रहेका २ जनाको खोजी भइरहेको डिएसपी यादवले जानकारी दिएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार