भत्काउनु पर्छ गोप्य कोठाहरू

सोमबार, २५ असार २०८०
गोप्य कोठामा ताला लगाउनु पर्छ अथवा पर्खाल उभ्याएर ढोका टाल्नु पर्छ गोप्य कोठामा बस्न हुन्न तपाईं पनि छिर्न हुन्न हामी पनि गोप्य कोठा साह्रै खतरनाक हुन्छ। गोप्य कोठा अरूले सुन्न नहुने कुरा गर्नका लागि हो गोप्य कोठा अरूले थाहै नपाइ काम तमाम् गर्नका निम्ति हो गोप्य कोठामा खापाहरू हुन्न सिसी क्यामेराहरू हुन्न गोप्य कोठामा भएका कामहरूको अभिलेख रहन्न प्रमाण हुन्न दशी हुन्न गोप्य कोठाभित्र मानिसहको भीड जसरी बर्जित हुन्छ त्यसैगरी नियम र कानुनहरू पनि निषेधित हुन्छन् गोप्य कोठा राख्न हुन्न खुला समाजमा गोप्य कोठाहरू साह्रै असुहाउँदा लाग्छन्। गोप्य कोठामा गर्न हुने भन्दा नहुने कामहरू बढी हुन्छन् गोप्य कोठामा शिशा त हुन्छ शिशाभित्र के हुन्छ देखिदैन के हुँदैछ सुनिदैन भित्रबाट हेर्दा बाहिर उज्यालो संसार देखिन्छ, भत्केको बाटो देखिँदैन जीर्ण भएर चुँडिन लागेको पुल देखिँदैन आकाशको छानो ओढेर दिन र रात गुजारी रहेका निरीह मान्छेहरू देखिँदैन गोप्य कोठामा ठूलो स्वर बर्जित हुन्छ साना स्वरहरूको अधिपत्य हुन्छ साना स्वरहरू भनेका कानेखुसी हुन् यस्ता स्वरहरूमा बिसंगति बढी हुन्छन् गोप्य कोठामा लहडहरू बढी हुन्छन् यस्ता कोठाहरू साह्रै अतिवादी हुन्छन् राख्न हुन्न, छन् भने पनि, भत्काउनु पर्छ यस्ता कोठाहरू।
गोप्य कोठामा मुसाले बिरालो ब्याउँछ आलुको बिउमा अम्रिसो फल्छ यस्ता कोठामा दिने काम बढी हुनुपर्ने हो लिने र दिने सरावरी हुनेगर्छ गोप्य कोठमा नीतिका कुराहरू बर्जित हुन्छन् आदर्श र सिद्धान्तका श्लोकहरू निषेधित हुन्छन् कुरा गुलियो व्यवहार चाम्रा हुन्छन् नीति र नैतिकताका बखानहरू आवादीको फाँट छोडेर बञ्जर मरूभूमिको यात्रामा निस्कन्छन् , गोप्य कोठा हुनु भनेको इमानलाई लिलामीमा राख्नु हो गोप्य कोठमा छिर्नु भनेको बेइमानीलाई धाप मार्नु हो यस्ता कोठाहरू यो युगको आँखामा बिझाउने कसिंगर हुन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार