लक्ष्मी रायमाझी खड्का
मैले चाहेको खुसी सधैँ हतारमा छ।
गन्तव्य कहीँ अलौकिक बजारमा छ।।
निरन्तर गति प्रेमको प्रेमिल यात्रामा।
किन उसैको तिरस्कारको धारमा छ।।
भिजाउँदै ढुङ्गा बग्छ नदी पानी भै।
ऊ प्यासी बगर नदीको किनारमा छ।।
समयको उतार चढावमा जिन्दगानी।
मझधारमा छ, न जितमा न हारमा छ।।
यो रफ्तारले कहिले भेट्ला परिधि।
पाइला चुनौतीको छेकबारमा छ।।
प्रतिक्रिया