शिक्षादीपलाई ‘प्रेस्टिजियस प्लस टु आउट अफ भ्याली’ अवार्ड

आइतबार, ३१ असार २०८०
विराटनगर । शिक्षादीप कलेजलाई ‘प्रेस्टिजियस प्लस टु आउट अफ भ्याली अवार्ड, २०८०’ प्रदान गरिएको छ । ‘केन्द्रबिन्दु डटकम’ ले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा कलेजलाई उक्त अवार्ड प्रदान गरिएको हो । शिक्षादीपले २०५३ सालदेखि शिक्षा क्षेत्रमा योगदान पुर्याउँदै आएको योगदानको उच्च सम्मान गर्दै केन्द्रबिन्दुले उक्त अवार्ड प्रदान गरेको हो । प्लस टुसम्मको अध्ययन हुने यो स्कुलमा विज्ञान र व्यवस्थापन संकायमा अध्यापन हुँदै आएको छ । शिक्षादीपमा कक्षा १२ सम्मको अध्ययन गरेकी अदिति जैन एमबीबीएसको इन्ट्रान्स परीक्षामा देशैभरका छात्राबाट पहिलो नम्बरमा नाम निकाल्न सफल भएकी थिइन् । आफ्नै सुविधासम्पन्न भवन र कक्षा कोठा, खुला वातावरण, पर्याप्त खेल मैदान, आवश्यक सम्पूर्ण पुस्तक पाइने पुस्तकालय शिक्षादीपका विशेषता भएकाले विद्यार्थी र अभिभावक आकर्षित हुने गरेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार